close

भूकम्प प्रभावितलाई धुलिखेल नगरपालिकाको तलबसहित ५ लाख ५५ हजार सहयोग

भूकम्प प्रभावितलाई धुलिखेल नगरपालिकाको तलबसहित ५ लाख ५५ हजार सहयोग

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक - धुलिखेल नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रको लागि ५ लाख ५५ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले सो सहयोग गर्ने निर्णय गरेको हो । 

 नगरपालिका विपद व्यवस्थापन कोषबाट सो रकम सहयोग गर्ने सो पालिकाले जनाएको छ । यसैगरी पालिकाभित्रका सबै जनप्रतिनिधिहरुको ३ दिनको तथा कर्मचारीहरुको १ दिनको तलब बराबरको राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय  गरेको छ ।