close

कुवेतमा मृत्यु भएका रघुनाथको परिवारलाई नगरपालिकाकाे ५० हजार

कुवेतमा मृत्यु भएका रघुनाथको परिवारलाई नगरपालिकाकाे ५० हजार

Trulli
ADVERTISEMENT

महोत्तरी– मटिहानी नगरपालिकाले कुवेतमा मृत्यु भएका रघुनाथ मण्डलको परिवारलाई राहत उपलब्ध गराएकाे छ । वैदेशिक राेजगारीकाे क्रममा १० महिना अगाडि कुवेत पुगेका मण्डलकाे गत कातिक ७ गते मृत्यु भएकाे थियाे । 

नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१को नगर सभाबाट वैदेशिक रोजगारको क्रममा विदेशमा मटिहानी नगरपालिकाको कुनैपनि नागरिकको मृत्यु भएमा ५० हजारसम्म दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार वैदेशिक रोजगारको शिलशिलामा ज्यान गुमाएको  मण्डलकी श्रीमती रञ्जु देवीलाई सो राहत नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले उपलब्ध गराएको हाे ।

राहत उपलब्ध गराउने कार्यक्रम नगरपालिकाका वडा नम्बर ९ का वडाअध्यक्ष मदन चौधरी समाजसेवी मोसाफिर सहनी, जोगिन्द्र शाह,सकलदेव पासमान, राम असरे मण्डल, किसन मण्डललगायतका स्थानीयहरुको उपस्थित रहेका थियो । मृतक रघुनाथ कुवेतमा १० महिना अगाडी गएका थिए । मृतक मण्डलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।