close

चार वर्षपछि कोरोला सिमाना सञ्चालनमा

चार वर्षपछि कोरोला सिमाना सञ्चालनमा

Trulli
ADVERTISEMENT

कास्की– उत्तरी सिमानाका कोरोला सञ्चालनमा आएको छ । व्यापारिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको नाका नेपाल र चीनका प्रतिनिधिहरुको उपस्थितिमा सञ्चालनमा ल्याएकाे हाे ।

सबैभन्दा ठूलो र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सो नाका नेपाल र चीनका प्रतिनिनिधनिको उपस्थितिमा सञ्चालन गरिएको हो । नेपालबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकार र प्रदेश सभा सदस्य नम्डु गुरुङ तथा चिनियाँ सरकारको तर्फबाट चिनियाँ प्रतिनिधिले संयुक्त रुपमा नाकाको शुभारम्भ गरेका हुन् ।

मुस्ताङ र डोल्पा जिल्लाका ४ वटा गाउँपालिकाका लागि सहायता सामाग्री बोकेका ४ वटा गाडीलाई भन्सार पास गरी नाकाको शुभारम्भ गरिएको पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले बताए । उनका अनुसार चीन सरकारको तर्फबाट नाका शुभारम्भ गरिएको अवसरमा नेपालका ती गाउँपालिकाहरुलाई सहायता सामाग्री उपलब्ध गराएको छ ।

नाकामा आवतजावतका लागि लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीयहरुलाई अनुमति पत्र वितरण गरिएको छ । ९ सय ८० जनालाई नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुमतिपत्र वितरण गरिएको हो । साेही अनुमति पत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधारण कोरला नाकामा आवतजावत गर्न पाउने छन् ।

नाका कोरोना महामारीका कारण बन्द भएको हो । उक्त नाका चार वर्षपछि खुल्ला गरिएको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयको जनजीवन प्रभमवित हुँदै आएको थियो । नाका सञ्चालन पछि स्थानीय उत्साहित भएका छन । नाकामा चीनको तर्फबाट आवश्यक पूर्वाधारहरु निमार्ण गरिएको भए पनि नेपाल तर्फबाट भने कुनै पूर्वाधार निर्माण गरिएको छैन । जोमसोमदेखि कोरलासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको भए पनि त्यसको स्तरोन्नति हुन सकिरहेको छैन । कोरला नामासम्म पुग्ने सडकको स्तरोन्नति र नाकामा आवश्यक पूर्वाधार तत्काल बनाउनु पर्नेमा नगरप्रमुख धनराज आचार्यले जोड दिए ।

नगरप्रमुख आचार्यका अनुसार लाइफालाईन बन्न सक्ने सम्भावना बोकेको नाकालाई स्थायी रुपमा सञ्चालनमा ल्याई दुई पक्षीय व्यापार तथा सिमापार आवतजावतलाई सहज बनाउन थप पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए । सामान बोकेका कन्टेनरहरु नेपाल प्रवेश गरे पनि आउन सक्ने अवस्था नरहेको भन्दै तत्काल सडक पूर्वाधार निमार्णमा उनले प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरे ।

नाका सञ्चालनमा आएपछि नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दार मुल्मीलगायतका व्यवसायीले खुसी व्यक्त गरेका छन । नाका सञ्चालनमा आएपछि माथिल्लो मुस्ताङका सर्वसाधारणहरुले दैनिक उपभोग्य वस्तु, निमार्ण सामग्री, इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताएको छ ।