close

भीमदत्त नगरपालिकामा व्यवसायी आन्दोलित

भीमदत्त नगरपालिकामा व्यवसायी आन्दोलित

Trulli
ADVERTISEMENT

कञ्चनपुर- भीमदत्त नगरपालिकाको कार्यालय निर्माण व्यवसायीले घेराउ गरेका छन् । 

महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि समयमै ठेक्का सम्झौता गर्न नसकेपछि भीमदत्त नगरपालिका ११, १२ र १३ का स्थानिय तथा निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

समयमै नदीजन्य पदार्थ उत्खनन, संकलन र वितरणमा हुन नसक्दा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गर्ने मजदुर तथा निर्माण व्यवसायी मारमा परेको भन्दै मंगलवारदेखि उनीहरूले आन्दोलन थालेका हुन् । 

महाकाली नदीको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा अध्ययनका क्रममा रहेको तथा अन्य खोलाको आइई संशोधनका क्रममा भएकाले ठेक्का बन्दोबस्ती गर्न समय लाग्ने नगरपालिकाले जनाएको छ । 

भिमदत्त नगर पालिकाका नगरप्रमुख पदम बोकटीले अवका ७ दिनभित्र ठेक्का नलागे कार्यपालिकाबाट निर्णय गराएर भए पनि नदीजन्य पदार्थ उत्खननका लागि घाट खोलिने र राजश्व चुहावट रोक्नका लाथगि ५ वटा घाटमा सिसिटिभी जडान गरिने बताएका छन् ।