close

अतिक्रमित संरचना भत्काउँदै तुलसीपुर

अतिक्रमित संरचना भत्काउँदै तुलसीपुर

Trulli
फाइल तस्विर
ADVERTISEMENT

दाङ - तुलसीपुर उपमहानगरपालिकाले अनधिकृत अतिक्रमित संरचना हटाउन थालेको छ । उपमहानगरपालिकाले बिहिबारदेखि उपमहानगर प्रहरी र कर्मचारीको सहयोगमा अतिक्रमित संरचना हटाउन थालेको हो । 

उपमहानगरपालिकाको सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार पालिका क्षेत्रभित्र फुटपाथ तथा नालालाई अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन थालेको हो । उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउन पटक/ पटक सूचना जारी गरे पनि अटेर गरेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार बिहीबार बजार क्षेत्रको 'ग' लाइन सँगै जेसीज चोकदेखि पूर्वतर्फ र विपी चोकदेखि पूर्वतर्फका सडकमा रहेका अतिक्रमित संरचनाहरु हटाइसकेको उनले बताए । शुक्रबार 'ख' लाइनको संरचना हटाउनका लागि उपमहानगरको टोली जाने उनले सुनाए । 

सो संरचना हटाएपनि फुटपाथमा हिड्न तथा सवारी आगमनमा सहज हुने उनको विश्वास छ । पालिकाले क्रमश उपमहानगरपालिकाको जग्गा अतिक्रमण गरी निर्माण भएको संरचना हटाउने उनको भनाइ छ ।  

उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले फुटपाथ क्षेत्रलाई स्थानीय बासिन्दिाले व्यवसायी स्थल बनाउन थालेकोले नियन्त्रणका लागि अतिक्रमित संरचना हटाउन थालेको बताए । उनले पालिकाको वडा नम्बर ५ र ६ क्षेत्रबाट सो कार्यत्र सुरु गरेको पालिकाखबरलाई बताए । 

फुटपाथमा व्यवसाय गर्न थालेसँगै पैदल यात्रुले हिड्न नपाएको र अधिकारबाट बञ्चित भएको उनले सुनाए  ।उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाएसँगै सडक निर्माण कार्य सुरु गरेको उनको भनाइ छ ।