close

आगलागी हुँदा पाँच लाख बराबर क्षति

आगलागी हुँदा पाँच लाख बराबर क्षति

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- जिल्ला सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा पूर्ण रुपमा क्षति भई पाँच लाख बराबरको क्षति भएको छ । 

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए । 

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।