close

मनहरीमा जङ्गली हात्तीको आतंक

मनहरीमा जङ्गली हात्तीको आतंक

Trulli
ADVERTISEMENT

मकवानपुर- मनहरीमा जङ्गली हात्तीले आतंक मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ ।

गएराति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता र ढुङ्गाले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरुपमा क्षति भएको मकवानपुरका प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार गए राति नै स्थानीय राम बहादुर तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको छ ।

हात्तीको आतंकपछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ धपाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रनाउ भण्डारीले बताए ।