close

जितपुर सिमरा-३ का वडाध्यक्ष घुससहित पक्राउ

जितपुर सिमरा-३ का वडाध्यक्ष घुससहित पक्राउ

Trulli
ADVERTISEMENT

बारा- जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जितपुर सिमरा-३ का अध्यक्ष तारा कार्कीलाई सेवाग्राहीसँग ५ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको उपमहानगरपालिकाका सूचना आधिकारी रामेश्वर बन्जाराले पालिकाखबरलाई बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरेको हो । सडक बनाउने क्रममा उनले स्थानीयसँग घूसबापत ५ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।