close

कुकुरलाई निःशुल्क रेविज खोप लगाउँदै इन्द्रसरोवर

कुकुरलाई निःशुल्क रेविज खोप लगाउँदै इन्द्रसरोवर

Trulli
ADVERTISEMENT

मकवानपुर– इन्द्रसरोवर गाउँपालिकाले निः शुल्क रेविज खोप लगाउने भएको छ । सार्वजनिक क्षेत्रमा सामुदायिक तथा घरपालुवा कुकुरलाई निःशुल्क रेविज खोप लगाउन लागेकाे हाे ।

गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार यही पुस ६ गतेदेखि २० गतेसम्म निः शुल्क रेविज खोप लगाउने गाउँपालिकाको एक सूचनामा उल्लेख छ ।

हनुमाने भन्ज्याङ्ग, सिमल डाँडा, राकसखोला, फाखेलचौर, छाप, वडा कार्यालयको प्राङ्गण र चौतारा चोकमा खोप सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।