close

मकवानपुरगढीले २२ जनालाई निःशुल्क लोक सेवा पढाउने

मकवानपुरगढीले २२ जनालाई निःशुल्क लोक सेवा पढाउने

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरगढी गाउँपालिकाले लोक सेवा कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा २२ जना जनजातीलाई निःशुल्क लोक सेवा कक्षा सञ्चालन गर्न लागेको हाे ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार संघिय सरकारको विनियोजित बजेटबाट कक्षा १२ पढ्दै गरेका उत्कृष्ट नतिजा ल्याउने जनजातीलाई लोक सेवा कक्षा सञ्चालन गर्ने गाउँपालिकाको एक सूचनामा उल्लेख छ । सूचनाका अनुसार गाउँपालिकाले  खरिदार वा सहायक चौथो तहको लागि २२ जनालाई निशुल्क कक्षा सञ्चालन गर्न लागेकाे हाे ।

इच्छुकले १० दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।