close

नेचासल्यान गाउँपालिकामा प्लम्बरसम्बन्धी तालिम सम्पन्न

नेचासल्यान गाउँपालिकामा प्लम्बरसम्बन्धी तालिम सम्पन्न

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- नेचासल्यान गाउँपालिका-३ मा १५ दिने प्लम्बरसम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडाको समन्वयमा सञ्चालित तालिमको शुक्रबार समापन गरिएको हो ।

तालिमको समापनमा गाउँपालिका उपाध्यक्ष बिना राईले पालिका यस्ता प्रकारका तालिम आयोजना गर्दा युवाहरु दक्ष हुनका साथै रोजगार समेत प्राप्त गर्ने बताइन् । तालिममा वडा भित्रका १० जनाको सहभागिता रहेको वडाध्यक्ष सिताराम भट्टराईले बताए । 

कैलालीको अत्तरियामा नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा जिवनज्योति महिला विकास बहुउद्देशिय सहकारी संस्थाद्वारा १० दिने चिया नास्ता तालिम सम्पन्न गरेको छ ।