close

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बन्द छैन : महानगर

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बन्द छैन : महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँं - काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह (बालेन) को सचिवालयले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला नलगाएको जानकारी दिएको छ ।

ताल नलगाइएकोबारे निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यालयले पनि पुष्टि गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएकोबारे प्रश्न गर्दा महानगरपालिकाको निमित्त प्रशासकीय अधिकृत तथा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले पालिकाखबरसँग भने, ‘ताला हुन्छ र? म त्यहीँ कार्यकक्षमा बसेर काम गर्दै छु । निमित्त भएर म त्यहीँ गएर फाइलहरु हेर्छु । हिड्डुल गर्छु । ताला लगायो भनेर म पत्याउँछु त अनि ?

सञ्चारमाध्यमले नभएको समाचार प्रकासन गरेकाे बताउँदै उनले थपे, ‘नभएको न्युज आउँछ र म बोल्दिँन ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारी बिदामा भएकोले सभागृहमा भने ताला लगाएको उनले बताए । ‘सभागृहमा ताला लगाएको छ । किनकी हामी त्यहाँ बस्दैनाैँ,’ उनले भने, 'हामी काठमाडौं प्लाजामा बस्ने हो । सभागृहमा मान्छे जाँदा मात्रै खोल्छ । नत्र, बन्द गर्छ । काठमाडौं प्लाजामा हामी काम गरिरहेका छौँ । यहाँको त खुलानै छ ।’

महानगरको कर्मचारी भर्ना प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको हस्ताक्षर भएकाले छानबिनमा सहज होस् भनेर बिदामा बसेका उनले सुनाए  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई माघ १० गतेसम्म्मको बिदा स्वीकृत गरेको उनले बताए ।