close

गाईभैंसी पाल्न सिकाउँदै ललितपुर

गाईभैंसी पाल्न सिकाउँदै ललितपुर

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिकाले व्यवसायिक गाईभैंसी पालन तालिम सञ्चालन गर्ने भएको छ । महानगरले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअुनसार तीन दिने व्यवसायिक गाईभैंसी तालिम २५ जनालाई दिइने जनाइएको छ ।

महानगरले पशु सेवा शाखा लगनखेल, पशुसेवा शाखा धपाखेल र पशु सेवा शाखा भैसेपाटीमा तालिम लिन सकिने सूचना उल्लेख छ । तालिममा २५ जना सहभागि हुन सकिने महानगरले जनाएको छ ।

महानगर क्षेत्रभित्रका इच्छुक युवाले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।