close

पुर्वाधार निर्माणका लागि एडिबी र ७ पालिकाबीच ऋण सम्झौता

पुर्वाधार निर्माणका लागि एडिबी र ७ पालिकाबीच ऋण सम्झौता

Trulli
ADVERTISEMENT

रुपन्देही - नेपाल सरकार र एसियाली विकास बैँक(एडिबी)बिच पुर्वाधार निर्माण तथा विस्तारका लागि ६ अर्ब रुपैयाँ बराबरको सहुलियतपुर्ण ऋणमा सम्झौता भएको छ ।

एसियाली बिकास बैंकद्वारा पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पुर्वाधार विकास र विस्तारका लागि अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको हो ।

अर्थ मन्त्रालय तथा शहरी बिकास मन्त्रालय सिंहदरबार काठमाडौमा आज औपचारिक रुपमा एक महानगरपालिका, एक उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबीसंग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ । योसंगै विभिन्न पुर्वाधार निर्माणका काम सुरु हुने भएको छ