close

न्यूरोड क्षेत्रमा 'नो पार्किङ'

न्यूरोड क्षेत्रमा 'नो पार्किङ'

Trulli
ADVERTISEMENT

काठमाडौँ - काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ । महानगरपालिकाले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न रोक लगाएको हो । 

महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी सो क्षेत्रमा पार्किङ निषेध गरेको हो । पार्किङ रोक लगाउनका लागि महानगरपालिकाले सडकमा नगरप्रहरी खटाएको छ । साथै नो पार्किङ साइनबोर्ड राखेको महानगरपालिकाले जनाएको छ । 

महानगरको निर्देशनलाई अटेर गरी पार्किङ गर्नेलाई सवारी धनीलाई कारबाही गर्दै आएको छ  महानगरपालिकाले न्युरोडको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको हो ।