close

काठमाडाैंमा सहिद सप्ताह सुरु : शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा

काठमाडाैंमा सहिद सप्ताह सुरु : शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा

Trulli
ADVERTISEMENT

काठमाडाैं - काठमाडाैं महानगरपालिकाले आजदेखि सहिद सप्ताह मनाउन सुरु गरेकाे छ ।  शुक्रराजशास्त्रीले अमरत्व प्राप्त गरेकाे टेकुकाे मचलीमा स्मृति सभा आयोजना गरी महानगरपालिलकाले बुधबारदेखि सहिद सप्ताहकाे सुरुवात गरेकाे हाे । 

स्मृति सभामाशास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालभाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व रहेकाे बताइन् । उनले  व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठूलो ठान्ने र साेही क्रममा बलिदानी दिएकाे उनले सुनाइन् ।

साे स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो । 

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदहरुको योगदान स्मरण गर्दै आएकाे छ । काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा वि. सं. २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस बर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेकाे  स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेकाे स्थानमा स्मृति सभा हुनेछ । 

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदहरुको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको शालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ । 

यस बर्षको माघ १६ गते शान्ति बाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिदपार्कमा पुग्नेछ । संघीय मन्त्री तथा प्रदेश मन्त्रीहरु, संसदसहित उच्च पदस्थपदाधिकारीहरु प्रभातफेरीमा सहभागी हुनेछन् । प्रधानमन्त्री सिधै सहिदपार्कमा जानेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।