close

५० प्रतिशत अनुदानमा स्यालो ट्युबेल र मोटर जडान

५० प्रतिशत अनुदानमा स्यालो ट्युबेल र मोटर जडान

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिकाले अनुदानमा स्यालो ट्युबेल तथा मोटर जडान गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा सो सामग्री जडान गर्ने जनाएको हो । 

गाउँपालिकाकी कृषि स्नातक समीक्षा उप्रेतीका अनुसार स्थानीय बासिन्दामा सिँचाइको पुहँच पुर्याउनका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमअन्तर्गत रही गाउँपालिकाले ५० प्रतिशत अनुदानमा सामग्री वितरण गर्न लागेको उनले पालिकाखबरलाई बताइन् । 

सामग्री खरिदको लागि गाउँपालिका र स्थानीय बासिन्दालाई आधा/आधा रकम व्यहोर्नु पर्ने उनले सुनाइन् । सो कार्यक्रमको लागि कोशी प्रदेशबाट चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जनाइन् । 

सो कार्यक्रमको लागि स्थानीय बासिन्दाहरुसँग आवेदन माग गरेको उनले बताइन् । सामग्री मागसहितको आवेदकको संख्याको आधारमा गाउँपालिकाले वितरण गर्ने उनको भनाइ छ ।