close

एउटै वडामा दुई पानी ट्यांकी निर्माण

एउटै वडामा दुई पानी ट्यांकी निर्माण

Trulli
ADVERTISEMENT

तेह्रथुम - फेदाप गाउँपालिकाले वडा नम्बर ३ ले पानी ट्यांकी निर्माण गर्दै आएको छ । वडा कार्यालयले गाउँपालिकाको सहयोगमा दुई वटा ट्यांकी निर्माण गर्दै आएको हो । 

वडा नम्बर ३ का वडाध्यक्ष अग्नीप्रसाद लिम्बुका अनुसार वडाको नास्रे र तोक्मामा पानी ट्यांकी निर्माण कार्य भइरहेको छ । गाउँपालिकाको सहयोगमा नास्रे पानी ट्यांकी र वडा कार्यालयको आयोजनामा तोक्मा खानेपानी ट्यांकी निर्माण भइरहेको उनले पालिकाखबरलाई सुनाए । 

नास्रे पानी ट्यांकीको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ र तोक्मा पानी ट्यांकीको लागि वडा कार्यालयले पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको उनले सुनाए । तर दुबै पानी ट्यांकी निर्माणको लागि बजेट अपुग हुने गुनासो आएको उनको भनाइ छ । 

तर वडाभित्र खानेपानी नभएकाले बजेट अपुग भए पनि निर्माण कार्यलाई निरन्तर दिइरहेको उनले सुनाए । ट्यांकी निर्माण भएसँगै करिब १०० भन्दा बढी घरधुरीलाई खानेपानी वितरण हुने उनले सुनाए । 

नास्रेबाट १०० घरधुरी र तोक्माबाट ११ घरधुरीलाई खानेपानी वितरण हुने उनको भनाइ छ । ट्यांकी निर्माण भएसँगै पाइप विछ्याएर घर घरमा पानी वितरण हुने उनले सुनाए । हाल स्थानीय बासिन्दाले मूलको पानी तानेर पिउन बाध्य भएको उनले बताए ।