close

महाङ्कालमा ४ दिनसम्म संसद् अभ्यास

महाङ्कालमा ४ दिनसम्म संसद् अभ्यास

Trulli
ADVERTISEMENT

ललितपुर- महाँकाल गाउँपालिकाले वडा स्तरीय युवा क्लबमा आवद्ध युवालाई संसदीय अभ्यास सिकाउने भएको छ । युवाहरूको नेतृत्व विकास गर्नका लागि चालु आर्थिक वर्षको कार्यक्रमबाट ४ दिने अभ्यास गर्न लागेको हो । 

वडाध्यक्षको संरक्षकत्वमा हालै गठन गरिएको युवा क्लवका १४ देखि १६ वर्ष २४ वर्षसम्मका युवालाई सो अभ्यासमा सहभागी गराइने प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ । 

गाउँपालिकाले यही माघ २८ देखि फागुन २ गतेसम्म आयोजना गर्न लागेको सो अभ्यासको सहजीकरण राष्ट्रिय युवा परिषद, भक्तपुरका सहजकर्ताहरूले गर्नेछन् । गाउँपालिकाले प्रत्येक वडाबाट ३/३ जनालाई सहभागी गराउने भएको हुँदा इच्छुकलाई आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ ।