close

टुङ्ना बनाउन सिकाउँदै लिसंखु पाखर

टुङ्ना बनाउन सिकाउँदै लिसंखु पाखर

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- लिसंखु पाखर गाउँपालिकाले सीप विकास तालिमअन्तर्गत टुङ्ना, मखुण्डो र थान्का बनाउन सिकाउने भएको छ । 

गाउँपालिकाको  घरेलु तथा साना उद्योग केन्द्रको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको समन्वयमा नि:शुल्क तालिम दिन लागिएको गाउँपालिकाले जनाएको छ । 

स्थानीय स्तरमा नै रोजगारी दिने उद्देश्यले सञ्चानल गर्न लागिएको तालिममा सहभागी इच्छुकलाई आजको ७ दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ ।

गाउँपालिकाको सूचना अनुसार टुङ्ना र मखुण्डो बनाउने १० जनालाई तालिम दिइनेछ भने यसको समयावधि १० दिनको हुनेछ । त्यस्तै थान्का प्रशिक्षण २५ दिनको हुनेछ भने १० जनाकै लागि कोटा छुट्याइएको छ ।