close

चिचिला र सभापोखरीको संयुक्त बैठक

चिचिला र सभापोखरीको संयुक्त बैठक

Trulli
ADVERTISEMENT

संखुवासभा चिचिला गाउँपालिकाले सभापोखरी गाउँपालिकासँग संयुक्त कार्यपालिका बैठक बसेको छ । चिचिला गाउँपालिकाको सभाहलमा बिहीबार संयुक्त कार्यपालिका बैठक बसेको हो । 

गाउँपालिकाकी उपाध्यक्ष मनकला राईका अनुसार दुबै पालिकाबिच सहयोग र सहकार्य गर्नको लागि संयुक्त कार्यपालिका बैठक बसेको हो । संयुक्त कार्यपालिका बैठकमा दुबै पालिकाको सीमानामा पर्ने खोलामा मोटरबेल पुल निर्माण गर्ने, सभापोखरीमा बढी भएको खानेपानी चिचिला गाउँपालिकाले प्रयोग गर्ने र चिचिला गाउँपालिकाको नदीको पानी सभापोखरीले प्रयोग गर्नेबारे छलफल भएको उनले पालिकाखबरलाई सुनाए । 

बैठकमा गाउँपालिकाबिच आवश्यक सहयोगको लागि छलफल सकरात्मक भएको उनको भनाइ छ । बैठकमा दुबै गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी तथा राजनीतिक दलको सहभागिता रहेको उनले सुनाइन् ।