close

आज लालबन्दी, बागमती र राप्तीमा सार्वजनिक बिदा

आज लालबन्दी, बागमती र राप्तीमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं- सर्लाहीको लालबन्दी र बागमती नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको छ ।

तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री सम्वत्‌ २८६० डुक-मु पुर्खी ल्हो (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा लालबन्दी र बागमती नगरपालिकाले आज आइतबार आ-आफ्नो पालिकाभित्र स्थानीय बिदा दिएका हुन्‌ । आज दुवै नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था र मातहतका अन्य कार्यालयहरु बन्द रहने छन्‌ ।

आज सामुदायिक विद्यालय तथा निजी बोडिङ स्कुलमा पनि बिदा दिइएको नगरपालिकाहरुले सूचना जारी गरेर जानकारी दिएका
छन्‌ । सोनाम ल्होछार पर्व हिजै परेको थियो । हिजो शनिबार त्यसै पनि सार्वजनिक बिदा रहेकाले आज थप एक दिन बिदा दिइएको पालिकाहरुले बताएका छन्‌ ।

सोनाम ल्होछारको अवसरमा आज बागमती नगरपालिका १२ स्थित निर्माणाधीन भरत तालमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारहरुको प्रस्तुति राखिएको आयोजकले जनाएको छ । बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लिला मोक्तान र प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले संयुक्त विज्ञप्ति जारी गर्दै आज बिदा दिइएको उल्लेख गरेका हुन् । 

त्यस्तै, चितवनको राप्ती नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका नगरप्रमुख शमशेर लामाले सूचना निकाल्दै आज नगरपालिकाबाट दिइने सबै सेवा बन्द हुने जनाएका हुन् ।