close

मिर्चैया नगरपालिकामा तोडफोड

मिर्चैया नगरपालिकामा तोडफोड

Trulli
ADVERTISEMENT

सिरहा - मिर्चैया नगरपालिकाको कार्यपालिका भवनमा तोडफोड भएको छ । आइतबार दिउँसो १२ बजे उत्सृखल समूहले नगरपालिकाको कार्यपालिका भवनमा तोडफोड गरेको हो । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुरञ्जन बरालका अनुसार आइतबार एक समूहले पालिकाभित्र प्रवेश गरेर तथा बाहिरबाटै ढुंगाले हानेर कार्यपालिका तोडफोड गरेको हो । वडा नम्बर ३ का व्यक्तिहरुले सामुहिक रुपमा आएर नगरपालिकाको भवनमा तोडफोड गरेको उनले पालिकाखबरलाई सुनाए । 

नगरपालिकाप्रति कुनै रिसिबी नभई राजनीतिक विवादले पालिका भवनमा तोडफोड गरेको उनले सुनाए । तोडफोडबाट कार्यपालिका भवनको सिसा तोडफोड, केही कर्मचारी घाइते भएका छन् । ताेडफाेडबाट पालिकामा करिब १७ लाख रुपैयाँ बराबरकाे सामान क्षति भएकाे उनकाे भनाइ छ । 

ताेडफाेड गरे लगतै सुरक्षाकर्मी तथा नगरप्रहरी भए पनि कुनै व्यक्ति प्रक्राउमा नपरेकाे उनले बताए । आइतबार पालिकामा तोडफोड भए पनि सोमबार नियमित सेवाहरु सञ्चालन भइरहेको उनले सुनाए ।