close

नगर विकास काेषले उत्कृष्ट ठहर्याएका पालिका र कर्मचारिहरु...

नगर विकास काेषले उत्कृष्ट ठहर्याएका पालिका र कर्मचारिहरु...

Trulli
ADVERTISEMENT

ललितपुर - नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीलाई पुरस्कृत गरेको छ । काेषले ३६औँ वार्षिकोत्सबकाे अवसरमा उत्कृष्ट उपमहानगरपालिका, नगरपालिका, उपभोक्ता समिति र  कर्मचारीलाई पुरस्कृत गरेको हो । 

काेषले उपमहानगरकाे तर्फबाट बुटवल उपमहानगरपालिकालाई  पुरस्कृत गरेको छ । नगरपालिकामा दोलखाको जिरी नगरपालिका उत्कृष्ट भएको छ । नगरपालिकाले कोषकाे ऋण साझेदारीमा व्यावसायिक भवन निर्माण गरेको थियो । 

कोषले १२० वटा खानेपानी तथा उपभोक्ता समितिमा लगानी गर्दै आएको छ । सोमध्ये प्रतिस्पर्धामा ४८ वटाले भाग लिएका थिए । सोमध्ये दाङको लमही खानेपानी उपभोक्ता संस्था उत्कृष्ट भएको छ । साना खानेपानी आयोजनामा मोरङको उर्लाबारी नगरपालिका उत्कृष्ट हुन सफल भएको छ । 

यस्तै कोषले उत्कृष्ट कर्मचारीलाई समेत पुरस्कृत गरेको छ । विगत २७ वर्षदेखि कोषको प्रशासनमा कार्यरत मनोहर उपाध्याय उत्कृष्ट कर्मचारी भएका छन् । कोषले कोषका पूर्वस्वतन्त्र कर्मचारी युनियनका पूर्वअध्यक्ष जगतप्रसाद घिमिरेलाई कदर पत्र वितरण गरेको छ ।