close

बेरोजगारीको विवरण संकलन गर्दै चाँगुनारायण

बेरोजगारीको विवरण संकलन गर्दै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ मा रोजगारी दिनका लागि बेरोजगारहरूको आवेदन माग गरेको छ ।

नगरपालिकाले सूचना प्रकासित गर्दै रोजगार तथा सामाजिक सुरक्षा प्रधानमनमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगारका लागि आवेदन माग गरेको हो । 

नगरपालिकाले बेरोजगारीहरूको तथ्यांक संकलनका लागि एक महिना सूचना निकालिएको प्रधानमन्त्री रोजगार शाखाकी रिता जोशीले बताइन् । नगरपालिकाका अनुसार फागुन मसान्तसम्म आवेदन दिन सकिनेछ । 

नगरपालिकाले न्यूनतम रोजगार, नागरिकको अधिकारसम्बन्धी सञ्चालन गरिरहेको बताउँदै सार्वजनिक निर्माणको काममा योगदान दिन चाहनेको तथ्यांक संकलनको काम सुरु गरिएको रोजगार सेवा केन्द्रले जनाइको छ । 

नगरपालिकाभित्रका विकास पूर्वाधार, सिँचाइ, सडक निमार्णलगायतका क्षेत्रमा रोजगार तथा सामाजिक सुरक्षा प्रधानमनमन्त्री रोजगार कार्यक्रमबाट काम गर्ने गरेको नगरपालिकाले जनाएको छ ।