close

पालिका गीत बनाउँदै लिखु

पालिका गीत बनाउँदै लिखु

Trulli
ADVERTISEMENT

ओखलढुंगा- लिखु गाउँपालिकाले पालिका गित निर्माण गर्न स्थानीयलाई अनुरोध गरेको छ । गाउँपालिकाले स्थानीय क्षेत्रको विषयवस्तु झल्कने गरी गीत निर्माणको लागि स्थानीयलाई अनुरोध गरेको हो । 

गाउँपालिकाका अध्यक्ष अशोककुमार कार्कीका अनुसार पालिकाको कार्यपालिका बैठकको निर्णय भएसँगै स्थानीयलाई अनुरोध गरेको हो । गाउँपालिका गीत पालिका बाहिरका व्यक्तिले पनि निर्माण गर्न सक्ने उनको भनाइ छ । तर स्थानीय बासिन्दालाई नै प्राथमिकतामा दिने उनले पालिकाखबरलाई सुनाए । 

गीतमा गाउँपालिकाको बस्तुस्थिती, भूगोल, रीतिरीवाज, धर्म संस्कृती, भेषभूषा झल्कने गरी निर्माण हुनु पर्ने उनले सुनाए । आवेदकहरुबाट छनौट भएको गीत पालिकाले प्रयोगमा ल्याउनुका साथै पुरस्कारको व्यवस्थासमेत गर्ने उनले बताए । 

गाउँपालिकाले हाल अध्यक्ष कपलाई लक्षित गरी गीत निर्माण गर्न लागे पनि आगामी हरेक कार्यक्रममा प्रयोग गर्ने उनले जानकारी दिए ।