close

तालिम दिने संस्था खोज्दै लालबन्दी

तालिम दिने संस्था खोज्दै लालबन्दी

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिकाले तालिम दिने संस्थाहरूको खोजी गर्न थालेको छ । लक्षित वर्गलाई तालिम दिनका लागि नगरपालिकाले संस्थाहरूको खोजी गरेकाे हाे । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले बुधबार सूचना प्रकाशित गर्दै महिलाहरूलाई क्षमता अभिवृद्धि तालिम, दलितका लागि कानूनी साक्षरतासम्बन्धी तालिम, जनजातिका लागि सीप विकाससम्बन्धी तालिम दिइने उल्लेख गरेका छन् । त्यस्तै, अपाङ्गता भएकाहरूका लागि सीप विकास तथा नेतृत्व विकासम्बन्धी र लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि क्षमता अभिवृद्धि तालिम दिइने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार प्रत्येक शीर्षकमा २ लाख विनियोजन गरिएको छ । नगरपालिकामा सूचीकृत संस्थाहरूले संस्था नवीकरण, लेखा परीक्षण, प्यान दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्रसहित १५ दिनभित्र प्रस्तावना पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।