close

लालबन्दी महोत्सव सुरु

लालबन्दी महोत्सव सुरु

Trulli
ADVERTISEMENT

सर्लाही- कृषि उत्पादन, सांस्कृतिक तथा धार्मिक पर्यटन र स्वरोजगारलाई प्राथमिकतामा राख्दै बिहीबारबाट लालबन्दी महोत्सव सुरु भएको छ । 

‘स्वरोजगार र आत्मनिर्भरताको आधार’ भन्ने मूल नारासहित उद्योग वाणिज्य संघको आयोजना तथा लालबन्दी नगरपालिकाको सहकार्यमा महोत्सव सुरु भएको हो । फागुन १९ गतेसम्म जारी रहने महोत्सवले कृषि उपजको बजारीकरण, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै बजारलाई चलायमान गरी रोजगारी बढाउने उद्देश्य रहेको नगरप्रमुख वासुदेव अधिकारीले बताए । 

महोत्सवमा ५० हजार सहभागी हुने लक्ष्य लिएको उनले पालिकाखबरलाई बताए । महोत्सवमा उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यापारीलाई सात हजार रुपैयाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपैयाँ स्टल शुल्क निर्धारण गरिएको छ । स्टल भाडाबाट करिब १० लाख र टिकट बिक्रीबाट २० लाख आम्दानी हुने आयोजकले जनाएको छ । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ भने अशक्त र वृद्धवृद्धालाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।