close

लालबन्दी महोत्सवमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी

लालबन्दी महोत्सवमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीमा प्रथम लालबन्दी  महोत्सवको उद्घाटनमा विभिन्न जातजातिले आफ्नो सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार’ नारासहित लालबन्दी नगरपालिका–६, राधाकृष्ण खेल मैदानमा उक्त महोत्सव जारी छ । महोत्सव यही फागुन २२ गते सम्म चल्नेछ । 

महोत्सवको उद्घाटन समारोहमा कौडा नृत्य, थारु नृत्य, लाखे नृत्य, तामाङ सेलो, मगर, नेवारीलगायत विभिन्न नृत्य प्रस्तुत गरिएका थिए । साथै डोरी तान्ने प्रतियोगिता, क्युकोशिन कराते, आईटीएफ करातेलगायत खेल पनि प्रर्दशन गरिएको थियो । 

उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य बेची लुङगेली, लालबन्दी नगरपालिकाका नगरप्रमुख वाशुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको सहभाागिता रहेको थियो । 

नेपाल उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य सङ्घ लालबन्दीको आयोजनामा सुरु भएको उक्त महोत्सवमा कृषि लगायत विभिन्न किसिमका कक्ष राखिएका छन् ।