close

काठमाडौं महानगरमा १४० स्वयंसेवक आवश्यक

काठमाडौं महानगरमा १४० स्वयंसेवक आवश्यक

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुला गरेको छ । आवेदकहरूबा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिनका दरले २४ हप्ता समय दिनुपर्छ ।

यस कार्यक्रमअन्तर्गत १०० जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको महानगरपालिकाले जनाएको छ । यसमा सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्नेछ । 

स्वयंसेवकका लागि अनलाइनबाठ आवेदन दिन सकिनेछ । यो फाराम आउँदो फागुन २० गतेसम्म भरिसक्नु पर्ने महानगरपालिकाको सूचनामा उल्लेख छ । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्रको व्यवस्था रहेको छ ।