close

"जहाँ महिलाको हित : तहाँ समाजको जीत"

"जहाँ महिलाको हित : तहाँ समाजको जीत"

Trulli
ADVERTISEMENT

ललितपुर- बागमती गाउँपालिका ललितपुरले ११४औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

"महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी" भन्ने मूल नाराका साथ फागुन २३ गते सो प्रतियोगिताको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । फागुन २५ गते नारी दिवस भए पनि दुई दिनअघि नै प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाभित्रका महिलाहरूबीच "जहाँ महिलाको हित : तहाँ समाजको जीत" भन्ने शीर्षकमा प्रतिष्पर्धा गर्न इच्छुकले महिला बालबालिका शाखामा नाम दर्ता गर्नका लागि आग्रह गरेको हो । प्रतियोगीहरूले गाउँपालिका कार्यालय छपेलीमा वक्तृत्वकला प्रस्तुत गर्नुपर्नेछ ।