दोलखा दोलखामा पहिरोले चार घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राती...
वागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको बिगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो| दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् | यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा यसै जिल्लाको कालिन्चोक गाउँपालिका रहेको छ | दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ३३ कि.मि. उत्तरमा ६६३.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको ब्यापारिक केन्द्र सिंगटी बजार मुख्य प्रवेशद्वारको रुपमा चिनिन्छ | जनगणना २०११ को तथ्यांक अनुसार पुरुष ८,८४६ र महिला ९,६०३ गरि जम्मा जनसंख्या १८,४४९ रहेको छ| सोहि जनगणना अनुरुप यस गाउँपालिकाको जम्मा घरधुरी संख्या ४,४१८ , जनघनत्व २८ प्रति वर्ग कि.मि. र औसत घरधुरी आकार ४.२ रहेको पाइन्छ|
जलस्रोत, पर्यटन र जडीबुटिले सम्मुनत यस गाउँपालिकामा निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशी (४५६ मेगावाट), सिंगटी हाइड्रोपावर (२५ मेगावाट), पर्यटकीय स्थलहरु बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वोरी महादेव, तातोपानी कुण्ड, गोंल्मा राजा दरबार, ठाडोखोला महादेव आदि लाई मुख्य पर्यटन प्रबर्द्धन तथा आर्थिक सम्रिद्दीका आधारको रुपमा लिइन्छ | गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने यस गाउँपालिकामा यार्सागुम्बा, पांचऔले, सर्पगन्ध, चिराईतो, धुपी आदि जडिबुटीजन्य, आलम्पू ढुंगाखानी, बुलुङ तामाखानी जस्ता खनिजजन्य तथा आलु, गहुँ, मकै, कोदो, धान आदि बालिजन्य बस्तुहरुको पनि प्रचुर सम्भावना रहेकोले आर्थिक बिकासमा थप टेवा पुर्याउने देखिन्छ |
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५