close

पहिरोले बिगुका चार घरमा क्षति

पहिरोले बिगुका चार घरमा क्षति

Trulli
ADVERTISEMENT

दोलखा– दोलखामा पहिरोले चार घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्याएको हो । 

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए ।  

इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।