close

विगु गाउँपालिकामा गएको पहिरोमा परी करिब ४० घर विस्थापित​​​​​​​

विगु गाउँपालिकामा गएको पहिरोमा परी करिब ४० घर विस्थापित​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । दोखलाको विगु गाउँपालिका-४ मा पहिरो गएको छ ।

अध्यक्षा संजीव ‌ओलीले पहिरोमा परी केही घर पुरिएका र ४० घरमा बस्न नमिल्ने गरी क्षति पुगेको बताए ।

उनले भने, ‘ पहिरोका कारण केही घर पुरएका छन्। र, करिब ४० घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ।’

अध्यक्ष ओलीका अनुसार अहिले पीडितलाई आसपासका सुरक्षित स्थानमा व्यस्थापन गर्ने क्रम जारी छ । कुनै मानवीय क्षति नभएकाे उनले जानकारी दिए । 

चारैतिर वर्षासहित पहिरो निरन्तर झरेपछि तत्काल उद्धारमा समस्या भएको प्रहरी नायव उपरिक्षक गंगाप्रसाद पौडेलले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।