close

भत्कियो निर्माणाधीन पुल

भत्कियो निर्माणाधीन पुल

Trulli
ADVERTISEMENT

दोलखा । बिगु गाउँपालिका-४ मा निर्माणाधीन पुल भत्किएको छ ।  बाढीले क्षति पुर्‍याएपछि निर्माणाधीन झोरुङ्ग खोला पुल भत्किएको हो ।

बाढीले पुलको टेका ढालेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्। शुक्रबार रातिको बाढीले पुलमा क्षति पुर्‍याएको बताइएको छ।

सिँगटी हाइड्रोको ८० र बिगु गाउँपालिकाको २० प्रतिशत संयुक्त लगानीमा पुल निमार्ण हुँदै थियो र  दुई करोड १६ लाख बजेटमा त्रिवेणी शेर्पा लाहा जेभीले यो पुल निर्माणको ठेक्का पाएको हो ।