शान्ति रत्न शाक्य, नगर प्रमुख, फोन नं : ९८५१०१०३८३ - [email protected]
उपप्रमुख
बिमला सपकोटा दाहाल, उप– प्रमुख, फोन नं : ९८४९५७३००० - [email protected]
जनसंख्या : ५५,६२८
क्षेत्रफल : ५४.५९ बर्ग कि.मी.
पूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पुरानो बनेपा नगर क्षेत्र पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । 'बने' ले व्यापार र 'पा' ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :