close

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक - बनेपा नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश वादे घुससहित पक्राउमा परेका छन् । बुधबार राती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष वादेदलाई १५ लाख घुससहित पक्राउ गरेको हो । 

सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता नरहरीले घिमिरेले बताएका छन् । उनका अनुसार वडा अध्यक्ष वादेले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो । 

आयोगले उनीसँगै उनका चालकलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित पक्राउ गरेको छ ।