राजधानीबाट नजिक भएपनि सेवा सुविधाको हिसाबले एक विकट क्षेत्र हो । राजधानीले छोएको काभ्रेपलाञ्चोक जिल्ला चिनसँग सिमाना जोडिएको दोलखा र ओखलढुङ्गा जिल्ला र तराईले छोएको सिन्धुली जिल्लाको विचको १५४६ वर्ग कि.मि.को यो जिल्ला पर्याप्त स्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ । रामेछापलाई तीनलालको जिल्ला भनेर पनि चिनिने गरिन्छ । नेपाली साहित्यका प्रथम सहित सुब्बा कृष्णलाल अधिकारी, सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीतिक कला साहित्य उद्योगी व्यापारी विद्वान साँस्कृतिक कर्मी संचार कर्मी सबै प्रतिभा जन्माएको छ । भौगोलिक हिसाबमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्ये एक हो । वि.सं. २०५६ को विकेन्द्रीकरण नियमावली अनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमा नै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८ उत्तरी आक्षंस देखी २७ डिग्री ५० उत्तरी सम्म र ८५ डिग्री ५० पूर्वी देशान्तर देखि ८६ डिग्री ३५ पूर्व सम्म फैलिएको छ । मध्य महाभारत पर्वत श्रृंखलादेखी उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भु–बनोट समुद्रि सतह देखी ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमाल चुलीसम्म फैलिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५