close

दोरम्बा शैलुङको गाउँसभाबाट ६६ लाखको शीर्षक संशोधन

दोरम्बा शैलुङको गाउँसभाबाट ६६ लाखको शीर्षक संशोधन

Trulli
ADVERTISEMENT

रामेछाप- दोरम्बा शैलुङ गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्षको पूँजीगत बजेट संशोधन गरेको छ । 

गाउँपालिकामा गाउँपाललिकाकी उपाध्यक्ष खमला थापामगरले प्रस्तुत गरेकी रकमानान्तर तथा बजेट संशोधन प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले बताए । 

उपाध्यक्ष माया थापामगरलेले पेश गरेको प्रस्तावअनुसार चालुखर्च कुने संशोधन भएन भने पूँजीगत बजेटतर्फ ६६ लाखको शीर्षकमात्र संशोधन गरिएको छ । शीर्षक संशोधनमात्र गरिएको हुँदा गाउँसभा एक घण्टामा नै सकिएको थियो । 

चालु आर्थिक वर्षको योजना कार्यन्वयन तीब्र गतिमा अगाडी बढिरहेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधारका विभिन्न योजना समयमा कार्यन्वयनका लागि समन्वय तथा अनुगमनलाई पनि प्रभावकारी बनाइएको गाउँपालिकाले जनाएको छ ।