close

२६ जना भूमिहीनलाई पालिकाको जग्गा

२६ जना भूमिहीनलाई पालिकाको जग्गा

Trulli
ADVERTISEMENT

संखुवासभा - पाँचखपन नगरपालिकाले  भूमिहिन दलित, भूमिहिन सुकुम्बसी तथा अव्यवस्थित बसोबासिलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी जग्गाधनी पुर्जा वितरण गरेको हो । 

नगरपालिकाको प्रवक्ता ओमबहादुर श्रेष्ठका अनुसार पालिकाले २६ जना स्थानीय बासिन्दालाई जग्गाधनी पुर्जा वितरण गरेको हो । वडा नम्बर ७ स्थित सार्वजनिक जग्गामा अगाडि १० मिटर र पछाडि २५ फिट क्षेत्रफलको जग्गा वितरण गरेको उनले पालिकाखबरलाई सुनाए । 

सो जग्गा वितरणका लागि नगरपालिकाले माग गरेको सूचनामा २८ जनाको आवेदन परेको थियो । सोमध्ये २ जना स्थानीय बासिन्दाको पुर्ख्याैली सम्पत्ती भएकाे पुष्टि भएपछि २६ जनालाई पूर्जा वितरण गरेको हो ।