close

भूकम्प पीडित टुहुरा बालबालिकाको संरक्षक बन्न पूर्वअनुमति अनिवार्य

भूकम्प पीडित टुहुरा बालबालिकाको संरक्षक बन्न पूर्वअनुमति अनिवार्य

Trulli
ADVERTISEMENT

जाजरकोट– नलगाड नगरपालिकाले भुकम्पबाट प्रभावित साहाराविहीन बालबालिकाको अभिभावकत्व लिने भएको छ । नगरपालिकाले टुहुरा, बेसाहरा र विपन्न बालबालिकाको संरक्षण गर्ने भएको हो ।

भुकम्पका कारण समस्यामा परेका बालबालिकाहरु नहराउन्, बेचबिखनमा नपरुन् तथा अप्रिय घटना नहोस् भनेर नगरपालिकाले उनीहरूको गाँस, बास तथा पढाइ/लेखाइको व्यवस्था गरिदिने नगरपालिका नगरप्रमुख डम्बरबहादुर राउतले पालिकाखबरलाई बताए । साथै उनीहरुको अवस्थाबारे अपडेट राख्नका लागि वडालाई समेत सचेत गराउँदै आएको नगरप्रमुखले बताए ।

त्यस्तै पीडित बालबालिकालाई कुनै संघ, संस्था वा व्यत्तिले संरक्षणका लागि लिन चाहेमा नजिकको नातेदार वा हकवाला संरक्षकको पूर्व अनुमति लिन वडाध्यक्षको सिफारिसले मात्र लिन सकिने उनले बताए ।