close

नक्सा पास नगरी बनाइएका घरमा धनगढीले लगायो डोजर

नक्सा पास नगरी बनाइएका घरमा धनगढीले लगायो डोजर

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले शनिबार वडा नम्बर १ पार्कमोडस्थित अमित प्लाजा रहेको घरमा बनेको अवैध संरचना भत्काउन डोजर लगाएको छ । 

स्थानीय दुष्यन्त बस्नेत र प्रदिपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गामा बनेको घरका अवैध संरचना उपमहानगरपालिकालेभत्काएको हो । घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थपेको पाइएपछि ती अबैध संरचना भत्काइएको उपमहानगरपालिकाले जनाएको छ । 

सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ । घरधनीले उपमहानगरपालिकाबाट अढाई तलाको नक्सा पास गरेको भए पनि  तेस्रो तलामा ट्रस निर्माण गरेको र बाथरुम समेत सडक क्षेत्राधिकारभित्र परेको उपमहानगरले जारी गरेको सूचनामा उल्लेख छ।