close

घरेलु रक्सीको ब्राण्डिङ गर्दै वालिङ सरकार

घरेलु रक्सीको ब्राण्डिङ गर्दै वालिङ सरकार

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । नगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै घरेलु मदिराको ब्राण्डिङ  गर्न लागेको हो । 

नगरप्रमुख कृष्ण खाँणका अनुसार पालिकाको आर्थिक उन्नतीका लागि घरेलु मदिरालाई लेबलिङ र ब्राण्डिङ गनृ लागेको हो । सोबाट नगरपालिकामा करको दायर बढ्नुका साथै स्थानीय बासिन्दाको आय आर्जनमा टेवा पुग्ने उनको विश्वास छ । 

स्थानीय बासिन्दाले पालिकाभित्र उत्पादन हुने विभिन्न फलफूलको रक्सी तथा मदिरा बनाउने उनले बताए । सो कार्यक्रमबाट एक हजार ५०० जना स्थानीय बासिन्दा लाभान्वित हुने उनको भनाइ छ । मदिराबाट स्थानीयले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दनी गर्ने उनले सुनाए ।