close

प्रथम चौमासिक सार्वजनिक सुनुवाई गर्दै रुरुक्षेत्र

प्रथम चौमासिक सार्वजनिक सुनुवाई गर्दै रुरुक्षेत्र

Trulli
ADVERTISEMENT

गुल्मी– रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । यहि मंसिर २९ गते शुक्रबार ११ बजेदेखि गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक अवधिमा गाउँपालिकाले गरेको काम र सेवाको प्रगती समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको जनाएको छ । 

आफ्नो सुझाव, चासो, गुनासो र प्रतिक्रिया दिन कार्यक्रममा उपस्थिति जनाउन गाउँपालिकाले पालिकाबासी तथा सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।