close

जनप्रतिनिधि र स्थानीयबीच अन्तरक्रिया

जनप्रतिनिधि र स्थानीयबीच अन्तरक्रिया

Trulli
ADVERTISEMENT

झापा- गौरादह नगरपालिकाले वडा नम्बर-२ हासखोरा चौकमा स्थानीयसँग अन्तरक्रिया सम्पन्न गरेको छ । नगरप्रमुख छत्रपति सुवेदीको नेतृत्वमा जनतासँग अन्तरक्रिया गर्न निस्किएको जनप्रतिनिधिको टोलीले वडाका स्थानीयको सुझाव, जिज्ञासा एवं गुनासो लिएका छन् । 

जनप्रतिनिधिसँगको भेटमा वडावासीले कृषि, सडक, स्वास्थ्य बिमा तथा नगर अस्पताल, शिक्षा, भूमिकर वृद्धि लगायतका विषयमा जिज्ञासा राखेका  छन् । स्थानीयको गुनसो र जिज्ञासाको उत्तर दिँदै नगरप्रमुख सुवेदीले सबैलाई धन्यवाद दिँदै जनताका भावना, आवश्यकता अनुरुप नगरपालिकाले योजना तथा कार्यक्रमहरु बनाउनकै लागि अन्तरक्रियमा आएको बताए । 

कार्यक्रममा नगरपालिकाका भौतिक पुर्वाधार विकास समितिका संयोजक नगेन्द्र भण्डारी, सामाजिक विकास समितिका संयोजक दुर्गामणी बस्नेत, आर्थिक बिकास समिति संयोजक बलराम खरेलसहित स्थानीय तथा वडावासीको उपस्थिति थियो ।