close

वडाबाटै योजना सम्झौता गर्दै तामाकोशी

वडाबाटै योजना सम्झौता गर्दै तामाकोशी

Trulli
ADVERTISEMENT

दोलखा- तामाकोशी गाउँपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार उपभोक्ता समितिमार्फत गरिने योजना बडाबाट सम्झौता गर्न थालेको हो । 

पालिका तथा वडाबाट स्वीकृत योजनाको सम्झौताको लागि सम्बन्धित वडामा जाने गाउँपालिकाले जनाएको छ । वडाबाट सम्झौता हुन थालेपछि उपभोक्ता समितिले सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  बद्रीप्रशाद शर्मा वाग्लेले बताए । 

योजना सम्झौताको लागि प्रमुख प्रशासकीय अधिकृतसहितको टोली वडा/वडामै पुग्ने उनको भनाइ छ ।  वडाबाटै सम्झौता गर्दा सही उपभोक्ता छनौट हुने उनले जानकारी दिए । साथै समिति पालिकामा धाइरहन नपर्ने उनले सुनाए ।