close

रोल्पा नगरपालिका जिल्लामै उत्कृष्ट

रोल्पा नगरपालिका जिल्लामै उत्कृष्ट

Trulli
ADVERTISEMENT

रोल्पा- स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा रोल्पा नगरपालिका ८२.२५ प्रतिशत अंक ल्याएर जिल्लामै सर्वोत्कृष्ट हुन सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको शुक्रबार सार्वजनिक सूचनामा रोल्पा जिल्लाको १० वटा स्थानीय तहमध्ये रोल्पा नगरपालिका १०० प्रतिशत मूल्यांकनमा ८२.२५ प्रतिशत ल्याएर लिजामा प्रथम हुन सफल भएको हो ।

त्यस्तै जिल्लाका अन्य पालिकाहरु त्रिवेणी गाउँपालिका ७६.२५ प्रतिशत ल्याएर दोस्रो, सुनिल स्मृति गाउँपालिका ६९ प्रतिशत ल्याएर तेस्रो, सुनछहरी गाउँपालिका ६६ प्रतिशत ल्याएर चौथो, रुन्टीगढी गाउँपालिका ६४.२५ प्रतिशत ल्याएर पाँचौं, लुँग्री गाउँपालिका ६४.२५ प्रतिशत ल्याएर छैटौं, थबाङ गाउँपालिका ६३.७५ प्रतिशत ल्याएर सातौं, गंगादेव गाउँपालिका ६३.५ प्रतिशत ल्याएर आठौं, परिवर्तन गाउँपालिका ५०.५ प्रतिशत ल्याएर नवौं र माडी गाउँपालिका ४२.२५ प्रतिशत ल्याएर दशौं भएका छन् ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरी सवल र दुर्वल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र स्थानीय तहको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराइ स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि यो कार्यविधि ल्याइएको हो ।