close

आठबिसकोटले प्रयोगमा ल्यायाे आफ्नै लोगो

आठबिसकोटले प्रयोगमा ल्यायाे आफ्नै लोगो

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - आठबिसकोट नगरपालिकाले नगरको पहिचान झल्कने आफ्नै लोगो प्रयोगमा ल्याएको छ । आठबिसकोटको आफ्नै पहिचान झल्कने लोगो बनाएर १५औँ नगर सभाबाट पारित गरी प्रयाेगमा ल्याएकाे हो ।

नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने लोगो बनाएर प्रयोगमा ल्याएको हो ।

लोगोको सिरानमा नगरकै सबैभन्दा अग्लो तथा ऐतिहासिक एवम् पर्यटकीय स्थल, चित्रीपाटन र  काँडे दह,  साईकुमारी मन्दिर, प्राकृतिक सम्पदा चुरे वन क्षेत्र, राष्ट्रिय झन्डा, नगरको भौगोलिक नक्सा र राडी बजार क्षेत्र समावेश गरिएका छन् ।

लोगोमा नगरको समथर भूमि र त्यहाँ उब्जाउ हुने उत्पादनको पहिचानसमेत झल्किएको छ । आठविसकोट नगर कर्णाली प्रदेशको ऐतिहासिक तथा पर्यटकिय स्थल पनि हो । 

समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर लोगो बनाइएको नगर प्रमुख रवि केसीले बताए । ‘लोगोमा अंकित चित्रीपाटन, काँडे दह प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तव्य मानिन्छ,’ नगरप्रमुख नगर प्रमुख केसीले भने ।