close

म्याग्दे गाउँपालिका अघिल्लाे बर्ष जिल्लामा उत्कृष्ट, यसपटक प्रदेशमै पहिलाे

म्याग्दे गाउँपालिका अघिल्लाे बर्ष जिल्लामा उत्कृष्ट, यसपटक प्रदेशमै पहिलाे

Trulli
ADVERTISEMENT

तनहुँ– स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)मा अघिल्लाे बर्ष जिल्लाकै उत्कृष्ट पालिका भएको म्याग्दे गाउँपालिका आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार ९४.५ अंक प्राप्त गर्दै प्रदेशकै उत्कृष्ट पालिका बनेको छ ।  

लिजाका १० वटा विषय सूचकका कुल १०० अंकभारमा गाउँपालिकाले ९४.५ अंक प्राप्त गरेको छ । सुशासन र पारदर्शी भएर काम गरेर स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा उत्कृष्ट भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उत्कृष्ट हुने दृढ इच्छा शक्तिसहित काम गरेर सो अंक प्राप्त गर्न सफल भएको उनले सुनाए । उनले पालिकाखबरसँग भने, ‘ अनावश्यक खर्च कटौती तथा अनावश्यक कार्यक्रम रद्द गरेर हामीले काम गर्यौँ ।’ 

योजनाबद्ध रुपमा काम गर्न कार्ययोजना, कार्यविधि तथा नीति नियम निर्माणमा विशेष ध्यान पुर्याउन काम गरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘सञ्चालन गरेका परिणाममुखी कामलाई नबिर्सन सुचीकृत गरेर राख्ने गरेका छौँ ।’ 

पालिकाका कर्मचारी र जनप्रतिनिधिले समन्वय र भावनात्मक सम्बन्ध राखेर काम गरेकाले उत्कृष्ट काम गर्न सफल भएको उनले सुनाए । गत आर्थिक वर्ष स्थानीय तह संस्थागत स्वमुल्यांकन लिजामा उत्कृष्ट अंक ल्याएपछि यो वर्ष पनि उत्कृष्ट हुन दबाव मिलेको उनले बताए ।

उनले भने, ‘ यस वर्ष पनि उत्कृष्ट अंक ल्याउने गरी काम गरिरहेका छौँ ।’ कर्मचारी संयन्त्रबाट केहि काम गर्दा त्रुटी भएमा समस्या हुन सक्ने उनले बताए । त्यसैले कर्मचारीसँग सहकार्य र समन्वय गरेर उत्कृष्ट काम गर्न लागि परिरहेको अध्यक्ष श्रेष्ठले बताए । 

यसअघि म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाले स्थानीय तह संस्थागत स्वमुल्यांकन लिजामा ८७.७५ अंक प्राप्त गरेको थियो ।