close

न्यायिक समितिको अनुगमनमा जिल्ला न्यायधिश

न्यायिक समितिको अनुगमनमा जिल्ला न्यायधिश

Trulli
ADVERTISEMENT

धनुषा - धनुषा जिल्ला अदालतका न्यायधिशसहितको टोलीले विदेह नगरपालिकाको न्यायिक समितिको अनुगमन गरेको छ । शुक्रबार बिहान साढे १० बजे अदालतका न्यायधिस यदुराज शर्मासहितको टोलीले अनुगमन गरेको हो । 

नगरपालिकाका सूचना अधिकारी दिनकर कुमार दासका अनुसार सो टोलीले पालिकामा करिब तीन घण्टा समय बिताएका थिए । सो अवधिमा न्यायिक समितिको कार्यशैली, निवेदन, समितिबाट फछ्यौट भएका मुद्दाबारे जानकारी लिएको उनले पालिकाखबरलाई सुनाए । 

सोबारे आवश्यक रिपोर्ट नगरपालिकाले केही दिनभित्र जारी गर्ने उनको भनाइ छ ।